ऋण सेवा तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न Apr 3
2026-04-03
Banepaमिति २०८२ चैत्र २० गते शुत्रबार संस्थाको बैठकहलमा ऋण अभिमुखीकरण तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाका समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापती, कार्यालय प्रमुख श्री रबिन्द्र भक्त पोटे, उप समिति सदस्य श्री सुवन कुमार प्रधान, श्री कृष्णेश्वरी बैद्य र श्री मंगलमाया मानन्धरको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आबद्ध सदस्यज्यूहरुलाई संस्थाको ऋण सेवा तथा समुह बचत गर्ने सम्बन्धि अभिमुखीकरण गरीएको थियो । अभिमुखीकरण पश्चात दुईतर्फि अन्र्तक्रियात्मक छलफल गरी समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बचत तथा प्रबद्र्धण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ मार्फत भएको थियो ।
English
Nepali
