Events

जेष्ठ सदस्य तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न ।

2026-02-19

Banepa

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनाहरी पोटेज्यूको संयोजकत्वमा जेष्ठ सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ फागुण ६ गते बुधबार संस्थामा आबद्ध ६० देखी ७५ बर्ष सम्मका ३८९ जना सदस्यहरुको टोली लाई भक्तपुर गुण्डु स्थीत लिखा नारायण, पाथिभरा मण्डिर र अनन्तलिङ्गेश्वर महादेव दर्शन गराई कार्यक्रम सम्पन्न गरिएको हो ।