Events

जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न । 2083

2026-04-16

Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनोहरी पोटेज्यूको संयोजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको सभापतीत्वमा जेष्ठ सदस्य माता सम्मान कार्याक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि. (डिस्कोफ) का अध्यक्ष श्री अमन पोटे श्रेष्ठज्यूको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यस चण्डेश्वरी बचतमा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सदस्यहरुलाई न्यानो व्लाङकेट तथा खाद्यान्न प्रदान गरि सम्मान गरियको थियो । कार्यक्रममा १३४ जना जेष्ठ सदस्यहरु लाई सम्मान गरिएको थियो । चण्डेश्वरी सोकोसले हरेक बर्ष औँसीहरुको अवसर पारी आमा बुबाहरुलाई सम्मान गर्दै आईरहेको छ ।