निःशुल्क शिप मुलक तालिम कार्यक्रम सम्पन्न ।
2026-02-23
Banepaचण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको नाला सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजक श्री रुकमणी देवी राजभण्डारीज्यूको संयोजकत्वमा ७ दिने निःशुल्क शिप मुलक तालीम कार्यक्रम सम्पन्न भएको छ । नाला सेवा केन्द्र भवन परिसरमा मिति २०८२ माघ २९ गते देखी सुरु भएको साबुन, हार्पिक, सरफ तथा फिनेल बनाउने तालिम २०८२ फागुण ११ गते समापन भएको हो । तालिम कार्यक्रम चण्डेश्वरी साकोसको सहकार्यमा उद्योग तथा बाणिज्य कार्यालयको आयोजना तथा बनेपा वडा नं. ४ कार्यालयको समन्वयमा भएको हो । समापन कार्यक्रममा बनेपा वडा नं. ४ का वडा अध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठज्यु प्रमुख अतिथिको रुपमा उपस्थीत हुुनुहुन्थ्यो । प्रमाण पत्र बितरणको शिलसिलामा वडा अध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठज्युले शिप सिकेर मात्र हुन्न व्यवहार मा प्रयोग गर्न सकेको खण्डमा मात्र निखारपन आउने बताउनु भयो । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख श्री रबिन घिमिरेज्युले सिकेको शिपलाई व्यवसायीक रुपमा रुपान्तरण गरी व्यवसाय दर्ता गरी स्वरोजगार हुनको लागी सहभागीहरुलाई बताउनुभयो भने यस चण्डेश्वरी साकोसका अध्यक्ष श्री नबिन भक्त बादेज्युले व्यवसायीक रुपमा जानको लागी सहकारीले आवश्यक सहयोग सम्पुर्ण गर्ने बताउनु भयो साथै चण्डेश्वरी साकोसले सहुलिएत दरमा युवा स्वरोजगार ऋणहरु प्रदान गर्दै आईरहेको बताउनु भयो । तालिम कार्यक्रममा बनेपा, पनौती लगाएतका क्षेत्रहरुबाट १७ जना सदस्यहरु सहभागी रहेका थिय ।
English
Nepali
